काठमाडौं । महालक्ष्मी विकास बैंक आइतवारदेखि २९औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना १०३ शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा २९ ओटा शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयका कर्मचारीको सहभागितामा शनिवार वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रभातफेरी कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डको प्रयोग गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्सवको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेटको दोस्रो शृंखला ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३’ गर्ने जानकारी दिएको छ । १६ टिमको सहभागितामा रहने लिग जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच विस्तार गर्ने बताए ।