ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धितोपत्र दोस्रो बजारमा कारोबार र शेयर मूल्य दुवै कम हुँदा वैशाखमा पौने  ४ करोड लाभकर घट्यो

२०८० जेठ, ८  
बजार समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत वैशाखमा सरकारले धितोपत्रको दोस्रो बजारका लगानीकर्ताबाट १३ करोड ५४ लाख ८८ हजार रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । नाफामा धितोपत्र विक्री गरेका व्यक्तिगत र संस्थागत लगानीकर्ताबाट उक्त कर संकलन भएको हो । 

पछिल्ला महीना धितोपत्रको दोस्रो बजारमा कारोबार र शेयर मूल्य दुवै घटेसँगै कर संकलनमा कमी आएको धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को भनाइ छ ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार धितोपत्र बजारबाट गत चैतको तुलनामा वैशाखमा ३ करोड ७३ लाख रुपैयाँले कम पूँजीगत लाभकर संकलन भएको छ । चैतमा १७ करोड २८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । 

वैशाखमा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताबाट ६ करोड १२ लाख र दीर्घकालीनबाट ५ करोड ९९ लाखभन्दा बढी लाभकर संकलन भएको थियो । प्रवक्ता न्यौपानेका अनुसार संस्थागत लगानीकर्ताबाट वैशाखमा १ करोड ४३ लाखभन्दा बढी यस्तो कर संकलन भएको छ ।

चैतमा अल्पकालीन लगानीकर्ताबाट ७ करोड ५६ लाख र दीर्घकालीनबाट ८ करोड ४७ लाखभन्दा बढी लाभकर संकलन भएको थियो । चैतमा संस्थागत लगानीकर्ताबाट १ करोड २४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको न्यौपानेले जानकारी दिए ।

चैतको तुलनामा वैशाखमा संस्थागत लगानीकर्ताबाट संकलित लाभकर भने बढेको छ । सीडीएससीको तथ्यांकअनुसार संस्थागत लगानीकर्ताबाट चैतको दाँजोमा वैशाखमा १८ लाख ९४ हजार बढी लाभकर संकलन भएको छ ।

अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट वैशाखमा चैतको तुलनामा कम लाभकर उठेको छ । वैशाखमा चैतको तुलनामा अल्पकालीन लगानीकर्ताबाट १ करोड ४४ लाख ४० हजार र दीर्घकालीनबाट २ करोड ४८ लाख १५ हजार कम लाभकर संकलन भएको हो । 

धितोपत्र बजारका लगानीकर्ताले विगतमा सरकारलाई वार्षिक १० अर्बभन्दा बढी कर बुझाएको अभिलेख छ । आर्थिक वर्ष २०७८/७९ मा सरकारले धितोपत्र कारोबारीबाट १० अर्ब ३५ करोड ३० लाखभन्दा धेरै पूँजीगत लाभकर संकलन गरेको सीडीएससीको भनाइ छ । उक्त वर्षको साउनमा मात्र ३ अर्ब २४ करोड ६९ लाख पूँजीगत लाभकर संकलन भएको थियो । 

अहिलेको आर्थिक संकटमा धितोपत्र बजारको थप विकास र विस्तार गरी सरकारी आम्दानी बढाउन सकिने लगानीकर्ता बताउँछन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल दुईओटा स्टक एक्सचेन्ज सञ्चालन गरी यस क्षेत्रबाट कर संकलनलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । शेयर मूल्य र कारोबारसँगै सरकारको आम्दानीसमेत घटेकाले यस क्षेत्रको विस्तारमा ध्यान दिनुपर्ने उनको भनाइ छ । 

फुल्लेलले पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्तालाई बढीमा ५ प्रतिशत गर्नुपर्ने बताए । व्यक्तिगतमा अल्पकालीनबाट ५ र दीर्घकालीनबाट ३ प्रतिशत पूँजीगत लाभकर असुल्नुपर्ने उनको भनाइ छ ।

धितोपत्र कारोबारीले नाफामा १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्छ । संस्थागत लगानीकर्तालाई १० र व्यक्तिगतलाई बढीमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर लाग्छ । व्यक्तिगतमा दुई प्रकारको पूँजीगत लाभकर छ । १ वर्षभन्दा बढी शेयर राखेर बेच्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम अवधिमै बेच्नेलाई अल्पकालीन लगानीकर्ता मानिएको छ ।

अल्पकालीन लगानीकर्ताले नाफामा ७ दशमलव ५ र दीर्घकालीनले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । धितोपत्र लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)