ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा विक्री, क-कसले आवेदन दिन पाउँछ ?

२०८० जेठ, ८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको  छ । कम्पनीले ३ लाख १६ हजार १४० बढी कित्ता संस्थापक शेयर आज जेठ ८ गतेदेखि विक्री खुला गरेको हो ।

यो लिलामी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य रू. ११० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । 

संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र अर्थात् असार १० गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  यसका लागि संस्थापक शेयरधनीहरूले काठमाडौं नक्सालस्थित बिओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)