ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विद्युत् महशुल नतिर्ने २७० ग्राहक कालोसूचीमा, अन्य कार्यालयको सेवा पनि नपाउने

२०८० जेठ, ८  
समाचार
Jagdamba Supershine Image Not Found

चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका २७० ग्राहकलाई कालोसूचीमा राखेको छ । 

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी शरू गरेको हो । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो । 

कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट रू ७४ लाख ९२ हजार ८८१ बक्यौता रकम उठाउन बाँकी छ । ती ग्राहकले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छूट दिने  जानकारी दिए । उनले भने, 'बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो । सबैले प्रयोग गरौँ ।' 

यस वितरण केन्द्रअन्तर्गत एक लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया शुरू गरिएको उनले बताए । उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन् ।रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)