ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति बोनस ?

२०८० जेठ, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको गत आवको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको जेठ १ गतेको पत्रमार्फत स्वीकृत भएको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएका जीवन बीमालेखहरूमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक बोनसदरअनुसार कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले विभिन्न बीमालेखअन्तर्गत उक्त बोनसदर घोषणा गरेको हो । जसमा रिलायबल सावधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । 

कम्पनीको रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको मात्रै २२२ सय ओटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

त्यस्तै रिलायबल लघु सावधिक जीवन बीमा योजनाअन्तर्गत रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । बीमा समिति लघु सावधिक जीवन बीमा योजनाको हकमा पनि कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यसैगरी कम्पनीले रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरूको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ । साथै कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनाको हकमा पाँचदेखि नौ वर्ष अवधिसम्मको लागि प्रतिहजार २४ रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रतिहजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ४० रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३० हजार ४ सय ६८ ओटा बीमालेख बिक्री गरेको छ । 

साथै रिलायबल उच्च शिक्षा योजनाको हकमा पाँचदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम भएको छ । त्यस्तै १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४ सय ४८ ओटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

सावधिक तथा आजीवन बीमा योजना योजनामा कम्पनीले पाँचदेखि नौ वर्ष अवधिको लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ५० रुपैयाँ कायम गरेको छ । यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको पोलिसी धेरै विक्री गरेको छ । यो पोलिसी कम्पनीले ३ हजार ५५१ ओटा विक्री गरेको छ । जसमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०, १२ र १४ वर्षसम्म अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नति जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रतिहजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)