काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको कुल ५ लाख १२ हजार ९७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याइएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ९६ हजार ८३३ कित्ता र कुमारी बैंकको ३ लाख १६ हजार १४० कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन गर्न सक्नेछन् ।
आगामी ३५ दिनभित्र कुमारी बैंकको शेयर खरीदका लागि बैंकको शेयर रजिष्ट्रार बिओके क्यापिटल लिमिटेड नक्साल, काठमाडौं र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको शेयर खरीदका लागि केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकहरूले दिएका छन् ।