ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार पाँच दिन बढ्यो बजार, युनिलिभर नेपालको शेयरमा लगानीकर्ता आकर्षित

२०८० जेठ, ८  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेप्से परिसूचक १ हजार ८०७ विन्दुमा झरेपछि शेयर बजारमा लगानीकर्ताले सक्रियता बढाउन थालेको छन् । त्यसैले विगतका दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि हुन थालेको छ । लगातार पाँच दिनमा परिसूचक ७३ अंक बढेको छ । सोमवारको कारोबार अवधिभरिको ट्रेण्डलाई हेर्दा सुरुवाती समयमा बढेको बजारमा विक्रेता हाबी हुन खोजेको देखिए पनि अन्त्यमा भने खरीदकर्ता नै आएको देखिन्छ । 

पछिल्लो समय बैंकिङ प्रणालीमा क्रमशः तरलता सहज हुन थालेको छ । सीडी रेसियो ८४ प्रतिशतकै लाइनमा आएको छ तर पनि कर्जा प्रवाह सुस्त छ । ब्याजदर निकै चर्को भएकाले राम्ररी कर्जा प्रवाह हुन नसकेको देखिन्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदर घटाउने नीति लिएको छ । यसकारण पनि शेयर बजारले अब बिस्तारै गति लिने जानकारहरू बताउँछन् ।

यसो त लामो समयदेखि घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ । यसकारण पनि यतिबेला गरिएको लगानीमा जोखिमभन्दा प्रतिफल बढी हुने लगानीकर्ताको भनाइ छ । 

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ४३ प्रतिशत अर्थात् ८ दशमलव १० अंक बढेर १ हजार ८९१ दशमलव ३१ विन्दुमा पुगेको छ । यस दिन २७२ धितोपत्रको ३४ लाख ९५ हजार ७५२ कित्ता २५ हजार ७४६ पटकमा रू. १ अर्ब २७ करोड बराबर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये आत्मर्भिर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार २४२ पुगेको छ । त्यस्तै दोस्रोमा युनिलिभर नेपालको शेयर मूल्य ७ दशमलव शून्य १ प्रतिशत बढेर रू. २६ हजार ७ सय पुगेको छ । 

सोमवार सबैभन्दा बढी ग्रीनलाईफ हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ३७ प्रतिशत घटेर रू. २८९ मा झरेको छ । त्यस्तै दोस्रोमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ६७ प्रतिशत घटेर रू. ५७२ दशमलव २० मा झरेको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ७ करोड ३४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य रू. ४१६ दशमलव ३० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. ६ करोड १७ लाख बराबर कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको बढेको हो । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी व्यापार समूहको परिसूचक शून्य दशमलव ९९ प्रतिशत घटेको हो भने बढ्नेमा उत्पादन तथा प्रशोधन समूहको सूचक २ दशमलव ४४ प्रतिशत बढेको छ । 

सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १५, फ्लोट इन्डेक्स शून्य दशमलव ४० र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य १ प्रतिशत बढेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)