चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा सुख्खा पहिरो जांँदा उक्त सडक खण्ड अवरुद्ध बनेको छ ।
ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ स्थित तीन नम्बर पुलको माथिबाट सुख्खा पहिरो झर्दा बाटो अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले सुख्खा पहिरो संँगै ठूलो ढुंगा खस्न लागेकोले बाटो दुईतर्फीनै बन्द गरिएको जानकारी दिए । ‘
'सुख्खा पहिरोपनि खसेको छ, माथि ठूलो ढुंगा अड्केकोले ढुंगा खसेपछि बाटो खुल्छ ।’ उनले भने ।
हाल प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटाइएको र सडक विभागसँग समन्वय गरेर लोडरले पहिरो पन्छाउने कार्य भई रहेको उनले जानकारी दिए ।