ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

औद्योगिक क्षेत्र बन्दै लालपुर–हरैया

२०८० जेठ, ९  
१० वर्ष अघि
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

कैलालीको श्रीपुर गाविसमा पर्ने लालपुर–हरैया वैकल्पिक औद्योगिक क्षेत्रका रूपमा विकसित हुँदै छ । विगत लामो समयदेखि कैलालीको गेटा गाविस औद्योगिक क्षेत्रका रूपमा रहँदै आएको थियो । पूर्व–पश्चिम राजमार्गमा जोडिएको लालपुर–हरैया क्षेत्रमा पछिल्ला तीन वर्षमा सेती ह्युम पाइप उद्योग, हिमाल रोजिन एण्ड टर्पेण्टाइन उद्योग, श्रीपुर कंक्रिट उद्योग, हेमकुण्ड स्टोन क्रसर उद्योग, सुरी खाड गुड उद्योग, गोलादेवी गुड उद्योग, ग्यासी मनकामना जडीबुटी प्रशोधन केन्द्र, खाद्य तथा तेल उद्योगहरू सञ्चालनमा आएका छन् । सो क्षेत्रमा अन्य साना उद्योगसमेत स्थापना हुने तयारीका रहेको स्थानीय उद्योगीको भनाइ छ । 

गेटा वरपर बस्ती बढ्न थालेपछि वैकल्पिक औद्योगिक क्षेत्रका रूपमा लालपुर–हरैया क्षेत्र विकसित हुँदै छ । हेमकुण्ड क्रसर उद्योगमा साढे २ करोड लगानी रहेको बताइएको छ । सेती ह्युम पाइपमा ८० लाख रुपैयाँ लगानी रहेको उद्योग सञ्चालक श्याम पाठकले बताए । उद्योगमा ५४ जनाले रोजगारी पाएका छन् । नयाँ खुलेका उद्योगमा झण्डै ५ करोड लगानी रहेको र डेढ सय भन्दा बढीले रोजगारी पाएको जानकारी उद्यमीहरूले दिएका छन् । गेटा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनमा विभिन्न समस्या आउने गरेको उद्योगी–व्यवसायीहरूको गुनासो छ । यस औद्योगिक करिडोरमा स्थानीयवासीले वातावरण बिग्रेको गुनासो गर्दै आएको घरेलु उद्योग तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख ऋषिराम केसीले बताए । 
वर्ष ६, अंक ४२, बुधवार, १० कात्तिक, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)