काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स (Broker License) दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको सेबोन (SEBON) ले ७ कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।
आशय पत्र प्राप्त गरेका अन्य कम्पनीहरूको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने बोर्डले जानकारी दिएको छ ।
जेठ ८ गते बोर्डले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । लाइसेन्स पाउने कम्पनीहरूमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.लि. प्रोपर्टी विजार्ड लिमिटेड छन् ।