ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

थ्रीस्टार हाईड्रोपावरको आईपीओ स्थानीयमा आजसम्म मात्र विक्रीमा रहने 

२०८० जेठ, ९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेड (Three Star Hydropower Limited)ले वैशाख ११ गतेदेखि विक्रीमा ल्याएको आईपीओ (IPO) खरीदका लागि स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित स्थानीयमा ४ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि आईपीओ विक्री खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा वैशाख २५ गतेसम्म आईपीओ विक्री गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको हो । 

आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा जारी गरिएको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्म माग गर्न सकिनेछ । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेस गर्न सक्नेछन् । साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

यस कम्पनीले खोटाङमा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रुपैयाँ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)