ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

२०८० जेठ, ९  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुन (Gold)को मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुन आज प्रतितोला ८०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आज चाँदी (Silver)को मूल्य पनि घटेको छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कायम भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:१९ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६२ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (सोमवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६९ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज एक अमेरिकी डलर (Dollar) को विक्री दर १३२ रुपैयाँ ८३ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३२ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)