ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सबैको लघुवित्तसहित तीन कम्पनीले पठाए बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा 

२०८० जेठ, ९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । तीन कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएका छन् । सबैको लघुवित्त वित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएका हुन् । यी तीन ओटै कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत भइसकेको छ ।

सबैको लघुवित्त वित्तीयले गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ प्रतिशत बोनस शेयर गत फागुन १२ गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । 

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले गत पुस २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र सांग्रिला डेभलपमेन्ट बैंकले गत चैत १७ गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित ८ दशमलव ५३ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ । 

सबैको लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)