ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कृषि क्षेत्रमा कुन वर्ष कति बजेट ? पूर्वाधारमा भन्दा बढी तालीम र गोष्ठीमा खर्च, 'बालुवामा पानी सरह !'

२०८० जेठ, ९  
अंक समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल सरकारले हरेक वर्ष कृषि क्षेत्रलाई प्राथमिकतामा पार्दै आए तापनि यसले उचित प्रतिफल दिन सकिरहेको छैन ।

कृषकको आवश्यकता अनुसार बजेट तर्जुमा नगरिँदा यस क्षेत्रमा विनियोजित बजेटले खासै प्रतिफल दिन नसक्दा यस क्षेत्रमा नेपालको व्यापार घाटा दिनहुँ बढिरहेको छ । 

यहाँ उल्लिखित तथ्यांक हेर्दा कृषि क्षेत्र बजेटको कारणले नभई उचित नीति र रणनीतिको अभावका कारण पछि परेको भन्ने पुष्टि हुन्छ ।

कृषि क्षेत्रको लगानी कृषकलाई अनुदान तथा कृषि पूर्वाधारमा जानुको सट्टा अनुत्पादक सफ्टवेयर क्षेत्र (तालीम, सेमिनार, गोष्ठी, जनचेतना)मा केन्द्रित रहँदा यो अवस्था सृजना भएको हो ।

यस पक्षलाई दृष्टिगत गर्दै कृषि क्षेत्रको विकासलाई नयाँ शिराबाट सोच्ने र सो अनुसार बजेट विनियोजन गर्ने पद्धतिमा पनि आमूल परिवर्तन हुन आवश्यक देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)