ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटै फण्ड नोक्सानीमा, अन्य सूचक कस्ता ?

२०८० जेठ, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष र शुभ लक्ष्मी कोषले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।

विवरणअनुसार तीन ओटै फण्ड नोक्सानीमा रहेका छन् । वैशाख मसान्तसम्म शुभ लक्ष्मी कोष रू. २ करोड ८ लाख, लक्ष्मी उन्नति कोष रू. ८ करोड ८१ लाख र लक्ष्मी इक्विटी फण्ड रू. २४ करोड ६ लाख नोक्सानीमा रहेका हुन् । वैशाख मसान्तमा यी तीन ओटै फण्डको जम्मा आम्दानी ऋणात्मक रहेको छ भने जम्मा खर्च पनि चैत महीनाको तुलनामा वैशाखमा बढेको छ  । यस कारण फण्डहरू नोक्सानीमा रहेका हुन् । चैत महीनामा पनि यी फण्ड नोक्सानीमा थिए । 

लक्ष्मी इक्विटी फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा घटेको छ । फण्डको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ३ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ ७२ पैसामा झरेको हो । त्यस्तै गरी फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । चैत मसान्तसम्म यस फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ६७ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ७५ करोड ९ लाखमा झरेको हो । 

त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ पनि चैत मसान्तको तुलनामा वैशाख मसान्तमा घटेको छ । चैत मसान्तसम्म फण्डको न्याभ १० रुपैयाँ २५ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ ९७ पैसा कायम भएको हो । यस फण्डले वैशाख मसान्तसम्म सूचीकृत धितोपत्रमा रू. ३६ करोड ६ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ३६ करोड ८८ लाख थियो ।

शुभ लक्ष्मी कोषको न्याभ पनि घटेको छ । फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ ६७ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ २६ पैसा कायम भएको हो । त्यस्तै यस फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. १७ करोड २२ लाख लगानी गरेको छ ।

लक्ष्मी इक्विटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 
लक्ष्मी उन्नति कोषको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 
शुभ लक्ष्मी कोषको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)