काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम बुझिलिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीहरू हालसम्म पनि बुझिलिन नआएकोले मंगलवार कम्पनीले एक सूचना जारी गर्दै सो लाभांश रकम बुझिलिन अनुरोध गरेको हो ।
कम्पनीले चालू आर्थिक वर्षसम्मको लाभांश रकम सम्बन्धित शेयरधनीले हालसम्म पनि बुझि नलिएको तथा हकदाबीसमेत नपरेकोले लिन बाँकी रहेको लाभांश रकम कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड सममार्ग-१ नक्साल, काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्ने जनाएको छ ।
साथै लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि कुनै पनि शेयरधनीले बुझी नलिएको नगद लाभांशको रकम कम्पनीको ऐनबमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।