ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज : ७० वृत्तचित्र मनोनयनमा जेठ १३ मा ग्राण्ड फिनाले

२०८० जेठ, ९  
विविध
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न १० विधामा ७० ओटा वृत्तचित्र मनोनयनमा परेका छन् । देशैभरबाट पठाइएका कुल २५८ वृत्तचित्रमध्ये ७० वृत्तचित्र मनोनयनमा परेका हुन् ।

‘वि विल राइज फाउन्डेसन’ले उक्त राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्राकृतिक, सांस्कृतिक सम्पदा, वेशभूषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही फाउन्डेसनले गत फागुन १२ मा वृत्तचित्र पठाउन आह्वान गरेको थियो । 

आयोजकले बेस्ट भिडियो अफ द इयर, जजेज च्वाइस अवार्ड, स्टोरी कन्सेप्ट/वेस्ट डिरेक्सन, वुमन भिडियो मेकर अफ दि इयर र फ्युचर स्टार अफ दि इयरका लागि मनोनयन गरेको छ । त्यस्तै मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एनर्जेटिक भिडियो मेकर, बेष्ट स्क्रिप्ट/भ्वाइस ओभर, बेस्ट सिनेमाटोग्राफर र बेष्ट एडिटर विधामा पनि मनोनयन गरिएको आयोजकको भनाइ छ । प्रत्येक विधामा सात–सातओटा भिडियो मनोनीत गरिएको छ । 

उत्कृष्ट भिडियोहरूमध्ये ‘बेष्ट भिडियो अफ द इयर’ले ५ लाख रुपैयाँ, ‘जजेज च्वाइस अवार्ड’ले २ लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौंमा गरिने भएको छ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)