ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थमा छूट 

२०८० जेठ, ९  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई थप सुविधा दिन काठमाडौंको विशालनगरस्थित ‘अरोगिन हेल्थ केयर’सँग सम्झौता गरेको छ । 

सम्झौतापश्चात् बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले अरोगिनका विभिन्न सेवामा ४५ प्रतिशतसम्म छूट प्राप्त गर्ने भएका छन् । अरोगिनले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार, छाला, दाँत सम्बन्धी समस्याको हेरचाहसँगै अन्य विभिन्न सेवा प्रदान गर्दै आएको बताइएको छ ।

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बताइएको छ । त्यस्तै विभिन्न बैंकिङ सुविधा शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)