ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यसकारण प्रभावित भयो उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा

२०८० जेठ, ९  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहका ६ कम्पनी सूचीकृत छन् । यीमध्ये हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल बालाजु, युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई र शिवम् सिमेन्ट्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा एउटा बाहेक सबै कम्पनीको नाफा प्रभावित भएको छ । 

विवरणअनुसार यी कम्पनीहरूको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ दशमलव शून्य ७ प्रतिशत घटेको छ । गत आवमा यी कम्पनीहरूले कुल रू. २ अर्ब ६५ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २ अर्ब ६ करोड नाफा कमाएका छन् । 

यी पाँच कम्पनीमध्ये युनिलिभर नेपालको नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा घटेको छ । त्यस्तै सबैभन्दा बढी शिवम् सिमेन्ट्सको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव १५ प्रतिशत घटेको छ । गत आवमा यस कम्पनीले रू. ६५ करोड ४८ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३१ करोड ९९ लाखमा सीमित भएको हो । 

महँगो बैंक ब्याजदर, तरलताको संकुचन, विश्व बजारमा कोइला, डिजेललगायत सामानको मूल्य वृद्धिको प्रभाव, तेस्रो त्रैमास अवधिभर नेपाल विद्युत् प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ गरेका कारण वैकल्पिक ऊर्जाको प्रयोगबाट उद्योग सञ्चालन गर्दा उत्पादन लागत बढ्न पुगेको देखिन्छ । 

युनिलिभर नेपाल लिमिटेडको नाफा गत आवको तुलनामा चालू आवमा ६९ प्रतिशत बढेको हो । गत आवमा कम्पनीले रू. २२ करोड ४ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३७ करोड २६ लाख पुगेको हो । 

त्यस्तै यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडले रू. ५७ करोड ६६ लाख नाफा कमाएको छ । दोस्रोमा बोटलर्स नेपाल बालाजुले रू. ४३ करोड ५४ लाख नाफा कमाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)