ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पुस्तकालयका कर्मचारीलाई वैदेशिक रोजगारीसम्बन्धी प्यारालिगल तालीम

२०८० जेठ, ९  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयका कर्मचारीलाई वैदेशिक रोजगारीसम्बन्धी सातदिने प्यारालिगल तालीम दिइएको छ । 

रिड नेपालले सञ्चालन गर्दै आएको पुस्तकालयका कर्मचारीलाई मानव अधिकारका लागि जनमञ्चले तालीम प्रदान गरेको हो । सोमवार सम्पन्न तालीममा विभिन्न १३ जिल्लाका २० जना सहभागी थिए ।

तालीमका मुख्य प्रशिक्षक समेत रहेका श्रम, आप्रवासन विज्ञ सोमप्रसाद लुइँटेलले गाउँगाउँबाट वैदेशिक रोजगारीमा जाने क्रम निकै बढेकाले सर्वसाधारणको जमघट बढी हुने पुस्तकालयका कर्मचारीलाई प्यारालिगल तालीम प्रदान गरिएको र यसले वैदेशिक रोजगारी सम्बन्धी विभिन्न सूचना प्रवाहमा सघाउने अपेक्षा गरिएको बताए । 

केही समयको अन्तरालमा देशभरका पुस्तकालयका १६० कर्मचारीलाई यस्तो तालीम दिइसकिएको उनले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)