ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डेढ महीनापछि नेप्से परिसूचक १९४२ .६३ विन्दुमा उक्लियो, यस कारण लगानीकर्ता सक्रिय भए

२०८० जेठ, ९  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डेढ महीनापछि नेप्से परिसूचक १९ सय विन्दु माथि उक्लिएको छ । गत चैत २९ गते नेप्से परिसूचक १ हजार ९६३ विन्दुमा रहेकोमा त्यसपछिको उच्च विन्दुमा आज जेठ ९ गते मंगलवार १ हजार ९४२ दशमलव ६३ विन्दुमा पुगेको हो ।

१८०७ को न्यूनतम विन्दुसम्म ओर्लिएको बजार निरन्तर बढ्दो छ । नेप्से परिसूचक लगातार ६ दिन बढेको छ । बैंकरहरूले ब्याजदर घटाउँदै लैजाने संकेत गरेसँगै शेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न थालेको छ । सोही कारण मंगलवार कारोबार रकमसहित नेप्से परिसूचक बढेको हो । 

सोमबार बैंकर संघले पत्रकारहरूमाझ बैंकहरूको आधारदर घट्दै गएकाले कर्जाको ब्याजदर क्रमशः घट्ने बताएका थिए । यसो त राष्ट्र बैंकले हरेक महीना कर्जाको ब्याजदर फेरबदल गर्ने व्यवस्था गरेको छ । प्रत्येक तीन-तीन महीनामा समायोजन गर्न मिल्ने कर्जाको ब्याजदर अब आधार दर घटे हरेक महीना घट्छ ।

मंगलवार नियामक निकाय नेपाल धितोपत्र बोर्डले ४३ ओटा कम्पनीले एलओआई पाएकामा पहिलो चरणमा सात ओटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिने निणर्य गरेको छ । यस कारण पनि मंगलवार बजार बढेको लगानीकर्ताको ठम्याइछ । 

साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक २ दशमलव ७१ प्रतिशत अर्थात् ५१ दशमलव ३१ अंक बढेर १ हजार ९४२ दशमलव ६३ विन्दुमा उक्लिएको हो । यस दिन २७१ धितोपत्रको ६० लाख ६७ हजार ४३२ कित्ता ३८ हजार ७९६ पटकमा रू. २ अर्ब २० करोड बराबर शेयर कारोबार भएको छ । 

मंगलवार कारोबारमा आएका तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ८५७ दशमलव ६० पुगेको छ । 

मंगलवार सनराइज फर्ष्ट म्युचुअल फण्डको इकाई मूल्य सबैभन्दा बढी २ प्रतिशत घटेर रू. १० दशमलव २९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७’ नामक ऋणपत्रको मूल्य १ दशमलव ९८ प्रतिशत घटेर रू. ७९४ मा झरेको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. १० करोडभन्दा बढीको कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीको रू. ८ करोड ९९ लाख बराबर कारोबार भएको छ । 

मंगलवार कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । लघुवित्त समूह र उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको शेयरमा सबैभन्दा बढी लगानीकर्ताको आकर्षण परेको छ । सोही कारण उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएको छ । दोस्रोमा लघुवित्त समूहको परिसूचक ४ दशमलव शून्य ३ प्रतिशत वृद्धि भएको हो । 

यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ४७, फ्लोट इन्डेक्स २ दशमलव ५८ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ३७ प्रतिशत वृद्धि भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)