ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बागमतीमा प्रि–बजेटबारे छलफल, सांसदहरूले भोलिको बैठकमा धारणा राख्ने

२०८० जेठ, ९  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । बागमती प्रदेशसभामा प्रि–बजेटबारे छलफल शुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् । 

बैठकमा मन्त्री लामाले उद्यम प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । 

विनियोजन विधेयकमाथि सांसदहरूले बुधवार बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । रासस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)