ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मानिसले कामै नगरी बस्दा पनि कसरी जोगियो मन्दीको मुखैमा पुगेको बेलायती अर्थतन्त्र ?

२०८० जेठ, ९  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं ।  बेलायतको अर्थतन्त्र यो वर्ष मन्दीमा भासिनबाट जोगिने अपेक्षा गरिएको छ ।

बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IFC)ले बेलायती वृद्धि प्रक्षेपण ह्वात्तै बढाएपछि यस्तो बताएको हो ।

सन् २०२३ मा बेलायतको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले बढ्ने कोषको अनुमान छ ।

यस अघिको अनुमानमा भने त्यहाँको अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चने भनिएको थियो । उत्थानशील माग र इन्धनको भाउमा आइरहेको कमीले वृद्धिदर उकास्न मद्दत गर्ने अनुमान गरिएको छ ।

तलबमा अपेक्षा गरिएको भन्दा तीव्र वृद्धि अनि विश्वको आपूर्ति शृङ्खलाको सामान्यीकरणले पनि वृद्धि अनुमान बढाउनु परेको कोषको भनाई छ ।

हालैका महीनामा आर्थिक परिदृश्य सुधारिएको भएपनि यो अझै दबेकै अवस्थामा भएको बताइएको छ ।

महँगी उच्च स्तरमा जिद्दी भएर बसेकोले महँगीलाई कम गर्न ब्याजदरलाई उच्च स्तरमा राखिरहन जरुरी भएको कोषको भनाइ छ । 

अहिले बेलायतमा कीर्तिमानी संख्यामा मानिसहरु कामै नगरी बसिरहेका छन् । यी मध्ये धेरै रोगी पनि छन् । बेलायतले यो समस्या समाधान गर्नु पर्नेमा कोषले जोड दिएको छ ।

सन् २०२४ मा बेलायतको अर्थतन्त्र १ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सन् २०२५ मा आर्थिक वृद्धिदर २ प्रतिशतमा पुग्ने अनुमान छ । सन् २०२५ को मध्य सम्म मुद्रास्फीति बीओईको लक्षित स्तर २ प्रतिशतमा नफर्किने बताइएको छ । महँगीमाथि अंकुश लगाउन मौद्रिक नीति थप कसिलो पारिनु पर्नेछ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)