ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी सुनौलो लगानी योजनाको नोक्सानी बढ्यो

२०८० जेठ, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको नोक्सानी चैत मसान्तको तुलनामा वैशाख मसान्तमा बढेको छ । चैत मसान्तसम्म फण्ड रू. १७ लाख ४६ हजार नोक्सानीमा रहेकोमा वैशाख मसान्तमा बढेर रू. ६२ लाख ३३ हजार पुगेको छ ।

वैशाख महीनामा फण्डको जम्मा आम्दानी ऋणात्मक र खर्च वृद्धि भएकाले नोक्सानी बढेको हो । वैशाख महीनामा फण्डको जम्मा आम्दानी रू. ११ लाख १४ हजार ऋणात्मक रहेको छ । त्यस्तै चैत मसान्तसम्म फण्डको जम्मा खर्च रू. २८ लाख १४ हजार रहेकोमा वैशाख मसान्तमा बढेर रू. ५१ लाख १८ हजार पुगेको हो । 

त्यस्तै फण्डको न्याभ पनि घटेको छ । चैत मसान्तसम्म फण्डको न्याभ ९ रुपैयाँ ९५ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रूपैयाँ ८३ पैसामा कायम भएको छ । त्यस्तै फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १० करोड ७७ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तमा रू. २ करोड ७१ लाख थियो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)