ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ घट्यो,अन्य सूचक कस्ता ?

२०८० जेठ, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा केही घटेको छ ।

कुमारी धनवृद्धि योजनाको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ४० पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तसम्म १० रुपैयाँ १ पैसा रहेको छ । चैत महीनामा यस फण्डको न्याभ १० रुपैयाँ २८ पैसा थियो । 

त्यस्तै कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्म रू. ३ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा चैतको तुलनामा ४५ प्रतिशत कम हो । चैत मसान्तसम्म फण्डले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।

चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड २५ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ९२ लाखमा झरेको हो । सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत धितोपमा रू. ४७ करोड ५६ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५४ करोड ४८ लाख पुगेको छ । 

कुमारी इक्वीटी फण्ड भने वैशाख मसान्तसम्म रू. ३ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत महीनामा पनि फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो ।

चैत मसान्तसम्म फण्डले रू. ८८ लाख २२ हजार आम्दानी गरेको थियो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. १ करोड ६६ लाख ऋणात्मक रहेको छ । वैशाख मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४६ लाख लगानी गरेको छ ।


कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)