ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चामल र चिउरा उत्पादन गर्ने जयश्री फुड्सको तीन वर्षको सञ्चालन नाफा ८ अर्बभन्दा बढी

२०८० जेठ, १०  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चामल र चिउरा उत्पादन गर्ने जयश्री फुड्स प्राइभेट लिमिटेड (Jay Shree Foods Private Limited) ले तीन वर्षमा नै ८ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२२ मा मात्रै २ अर्ब ९८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । 

केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा २ अर्ब ६४ करोड रुपैयाँ र वित्तीय वर्ष २०२२ मा २ अर्ब ८२ करोड सञ्चालन नाफा गरेको थियो । कम्पनीले १ अर्बको अल्पकालीन कर्जाको लागि केयर रेटिङ्स नेपालबाट रेटिङ गराएको छ । कम्पनीले उक्त कर्जाको लागि ए थ्री रेटिङ पाएको छ । 

सन् २००९ बाट कम्पनीले नवलपराशीको गैंडाकोटमा चामल प्रशोधन उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीले मुलुकभर नै फैलिएका ६०० ठूला र सानास्तरका खुद्रा विक्रेताहरूबाट आफ्नो उत्पादन विक्री गर्दै आएको छ । 

भान्साघर (Bhansaghar), मंगलम् (Mangalam) लगायतका ब्राण्डका चामलको विक्री गर्दै आएको कम्पनीले चामलका साथै चिउरा र सोया नगेट्स (Soya Nuggets) लगायतको उत्पादन पनि विक्री वितरण गर्दै आएको छ । 
कम्पनीले १ देखि ३० केजीको प्याकेजिङमा लङ ग्रेन चामल, जीरा चामल र साँवा चामल विक्री गर्दै आएको छ । कम्पनीको प्रबन्ध निर्देशकमा पवनकुमार अग्रवाल छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)