ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अजोड इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

२०८० जेठ, १०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दुई कम्पनीको कुल २१ लाख २७ हजार ७५० दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ । अजोड इन्स्योरेन्सको १९ लाख कित्ता र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २ लाख २७ हजार ७५० दशमलव ५० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । 

अब श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ५२ दशमलव ३२ प्रतिशत र सर्वसाधारण समूहको ४६ दशमलव ६८ प्रतिशत कायम रहेको थियो ।   

त्यस्तै अजोड इन्स्योरेन्सको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।   

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)