ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रघुराम राजनले प्रस्ताव गरेका थिए १० हजार रुपयाको नोट 

२०८० जेठ, १०  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले अहिले प्रचलनमा रहेको सबैभन्दा ठूलो कागजी नोट फिर्ता ल्याउन शुरू गरेको छ । नोट प्रचलनमा आएको ६/७ वर्ष मात्रै भएको छ । तर यति छिट्टै बैंकले नोट फिर्ता गरेपछि विभिन्न खाले बहस छेडिएको छ ।

बैंकले बारम्बार उच्च मूल्य भएका नोटको प्रचलन घटाउने भनेर बताउँदै आएको छ । सो नोट छाप्ने काम चार वर्षअघि नै बन्द भइसक्यो । ठूलो अंकको नोटले कालो धन लुकाउनेलाई सहज भएको भन्दै सरकारको आलोचना पनि नभएको होइन । राज्यस्तरीय र आम निर्वाचन नजिँकिदै छ । यस्तो बेलामा कागजी नोटको प्रयोग झनै बढ्छ ।

कारण नै उल्लेख नगरीकन सरकार र केन्द्रीय बैंकबाट एक्कासि उक्त नोट खारेज गर्ने निर्णय भयो । सन्  २०१६ मा अमौद्रिकीरणपछि २ हजार रुपयाको नोट ल्याउनुअघि नै त्योभन्दा ठूलो मूल्यको नोट ल्याउने प्रस्ताव गरिएको थियो । आरबीआईका तत्कालीन गभर्नर रघुराम राजनले ५ हजार र १० हजार रुपयाको नोट ल्याउन सुझाव दिएका थिए ।

बैंकले सन् २०१४ को अक्टोबरमा सोको प्रस्ताव गरेको थियो । महँगीका कारण १ हजार रुपयाको नोटको मूल्य खस्किएकोले ठूलो नोट ल्याउनुपर्ने तर्क थियो । सरकारले भने सो प्रस्ताव मानेन । नोट ठूलो भएपछि साट्नै झन्झट हुन्छ । फिर्ता पैसा दिन समस्या हुन्छ । अमौद्रिकीकरणको समयमा प्रचलनमा रहेको ससाना नोटहरू दिएर ५ हजार र १० हजारको नोट साट्नुपरेको भए कस्तो हुथ्यो होला ? सम्झनुस् त । 

प्रचलनमा रहेको ५ सय र हजार रुपयाका नोट खारेज गर्ने कदमपछि विस्थापित गर्नलाई छिट्टै नै अरू नोट चाहियो । अनि सरकारले हतारमा २ हजार रुपयाको नोट छाप्न आदेश दियो । नक्कल गरिने डरले ठूला नोट ल्याउन नसकिएको राजनले सन् २०१५ को सेप्टेम्बरमा बताएका थिए । सरकारले आरबीआईको प्रस्ताव नमानेपछि उनको सो अभिव्यक्ति आएको मानिन्छ । 

भारतमा सन् १९३८ मा १० हजार रुपयाको नोट प्रचलनमा थियो । सन् १९४६ मा सो नोट खारेज गरियो । तर सन् १९५४ मा पुनः सो नोट प्रयोगमा ल्याइयो । अनि २४ वर्षपछि सन् १९७८ मा सो नोटको अमौद्रिकीकरण भयो । ठूलो अंकका नोटहरू महँगी अत्यधिक धेरै भएका देशहरूमा छाप्ने गरिन्छ । पैसाको मोल घटेर सानो तिनो खरीदारीका लागि पनि झोलाका झोला नोट लैजानुपर्ने अवस्था उत्पन्न हुँदा ठूला मूल्यको नोट प्रयोग गर्ने गरिन्छ । राजन आरबीआई प्रमुख भएको बेलामा भारतमा महँगी १० प्रतिशतभन्दा माथि थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)