ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा झर्‍यो टाकाको भाउ 

२०८० जेठ, १०  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । अमेरिकी डलरको तुलनामा बंगलादेशी टाकाको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । अन्तर बैंक विनिमय बजारमा एक डलरको भाउ १०८ दशमलव ७५ टाकामा पुगेको छ । बंगलादेशको विदेशी मुद्रा विनिमय अभाव जारी रहँदा टाकाको भाउ दबाबमा आइरहेको छ ।

मे २२ मा डलरको तुलनामा टाकाको भाउ १०८ दशमलव ५ देखि १०८ दशमलव ७५ बीच थियो । यो एक वर्ष अघिको तुलनामा २४ दशमलव २८ प्रतिशत कम भएको बंगलादेश बैंकको तथ्यांकले देखाएको छ । यो महीना बजार खुला भएको हरेक दिन डलरको भाउ बढेको छ ।

मे १ मा विनिमय दर १०६ दशमलव ८ टाका थियो । आयातित वस्तुको उच्च भुक्तानी, सुस्ताएको  निर्यात आम्दानी अनि विप्रेषण आप्रवाहमा आएको कमीका कारण गएको एक वर्षयता टाकाको भाउमाथिको दबाब बढेको छ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)