ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार सात कारोबार दिनमा साढे ७ % बढ्यो बजार

२०८० जेठ, १०  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शेयर बजारमा लगानीकर्ताहरूले सक्रियता बढाउन थालेकोले पछिल्ला सात कारोबार दिन परिसूचक लगातार बढेर बन्द भएको छ ।

सात कारोबार दिनमा नेप्से परिसूचक साढे ७ % अर्थात् १४० दशमलव ८२ अंक बढेको हो । बुधवारको शुरूवाती समयमा बढेको बजारमा केहीले प्रोफिट बुक गर्न खोजे पनि खरीदकर्ता नै आकर्षित हुँदा अन्त्यमा नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशत अर्थात् १६ दशमलव ४९ अंक बढेको छ ।

परिसूचक १ हजार ९५९ दशमलव १२ विन्दुमा पुगेको हो । वित्तीय प्रणालीमा तरलता सहज भएसँगै बैंकहरूले बिस्तारै ब्याजदर घटाउँदै लैजाने बुझाइमा लगानीकर्ता सकारात्मक भएको देखिन्छ । केही बैंकले शेयर कर्जाको लागि विज्ञापन दिन थालेकोले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको भनाइ छ । 

यस दिन २७० धितोपत्रको ४८ लाख ६५ हजार ४७५ कित्ता ३४ हजार ८४१ पटकमा रू. १ अर्ब ८७ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर रू. १ हजार ५०३ पुगेको हो । त्यस्तै दोस्रोमा युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर प्रतिकित्ता रू. ३० हजार ७९० पुगेको छ । 

बुधवार सबैभन्दा बढी सानिमा इक्वीटी फण्डको इकाई मूल्य ३ दशमलव ७७ प्रतिशत घटेको छ । इकाई मूल्य रू. १० दशमलव २० मा झरेको छ । त्यस्तै अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३ दशमलव ६३ प्रतिशत घटेर रू. ४५१ कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. १४ करोड ६४ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७ करोड ७४ लाख बराबर कारोबार भएको छ । कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि सर्वाधिक कारोबार भएको देखिन्छ । 

बुधवार तीन समूहको परिसूचक घटेको छ भने १० समूहको परिसूचक बढेको हो । वित्त समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ४५ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ६९ प्रतिशत बढेको हो । यस  समूहका कम्पनी युनिलिभर नेपाल र शिवम् सिमेन्ट्सको शेयर मूल्य उच्च दरले वृद्धि भएकाले समूहगत परिसूचक बढेको हो । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९७, फ्लोट इन्डेक्स शून्य दशमलव ६७ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत वृद्धि भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)