ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

टेलिकममा कर्मचारी माग भन्ने सूचना गलत, भ्रममा नपर्न टेलिकमको अनुरोध 

२०८० जेठ, १०  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं ।  केही दिनयता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न Vacancy खोलिएको भन्दै समाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण भइरहेको भन्दै नेपाल टेलिकमले त्यस्ता सुचनाको भ्रममा नपर्न अनुरोध गरेको छ । 
पछिल्लो समय कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत कर्मचारी आवस्यकता भन्दै प्रचार भइरहको छ ।  

'कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ,' टेलिकम द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)