काठमाडौं । अग्नि ग्रुपले सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको शोरूम खोलेको छ । कम्पनीले फ्ल्यागशिप ग्लोबल एसयूभी ‘एक्सयूभी ७००’ र ‘एक्सयूभी ३००’ सार्वजनिक गरी विक्री, सेवा र पार्टपुर्जासहितको शोरूम स्थापना गरेको हो । यो क्षेत्रीयस्तरमा खोलिएको कम्पनीको पहिलो आधिकारिक शोरूम भएको बताइएको छ ।
नेपालमा भित्रिएका नयाँ ट्वीन पिक्स ब्राण्डेड सबै शृंखलाका सवारीसाधनसहितको थ्रीएस सेटअपयुक्त उक्त शोरूम नेपाल उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उद्घाटन गरेका हुन् ।
अग्निका प्रबन्ध निर्देशक श्रेष्ठले एक्सयूभी ७०० र एक्सयूभी ३०० लाई बजारको अद्वितीय आवश्यकता पूरा गर्ने नयाँ भेरियन्टका साथ नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए । यी गाडीले अनुपम ड्राइभिङ अनुभव, सुरक्षा र डिजाइनको साथ उच्चस्तरको प्रदर्शनको संयोजन गर्नेमा कम्पनी विश्वस्त रहेको उनको भनाइ छ । कम्पनीका अनुसार नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।