ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मानुषी लघुवित्तको चौथो वार्षिक साधारण सभा जेठ ३२ मा, यी प्रस्ताव पारित हुने

२०८० जेठ, ११  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा जेठ ३२ गते गर्ने भएको छ ।

जेठ १० गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा दिव्यश्वरी पार्टी प्यालेस एण्ड क्याटरिङ सर्भिस प्रालि मध्यपुर थिमी भक्तपुरमा गर्ने जानकारी दिएको हो । सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूणर् प्रक्रिया तथा कार्य गर्ने अख्तियारी पूर्ण रूपमा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ । 

सभाले प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)