ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नबिल म्युुचअल फण्डअन्तर्गत सञ्चालित चार ओटै फण्ड नोक्सानीमा, अन्य सूचक कस्ता ?

२०८० जेठ, ११  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित चार ओटै फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।

नबिल इक्वीट फण्ड, नबिल ब्यालेन्स्ड फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड ३ ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार यी चार ओटै फण्ड नोक्सानीमा रहेका छन् । 

नबिल ब्यालेन्स्ड फण्ड ३ ले वैशाख मसान्तसम्म ५ करोड १७ लाख नोक्सानी व्यहोरेको छ । त्यस्तै नबिल फ्लोक्सी क्याप फण्ड रू. २ करोड ९३ लाख, नबिल ब्यालेन्स्ड फण्ड २ रू. ७ करोड ३४ लाख र नबिल इक्वीटी फण्ड रू. ६ करोड ४१ लाख नोक्सानीमा रहेका हुन् । वैशाख महीनामा यी फण्डहरूको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन् । चैत मसान्तमा पनि यी फण्डहरू नोक्सानीमै थिए । 

नबिल इक्वीटी फण्डको न्याभ पनि चैत महीनाको तुलनामा वैशाख महीनामा केही घटेको छ । चैत मसान्तसम्म फण्डको न्याभ ९ रुपैयाँ ८९ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ ५७ पैसा कायम भएको छ । त्यस्तै यस फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ७१ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ७६ करोड ५१ लाख थियो । यस आधारमा फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । 

त्यस्तै नबिल ब्यालेन्स्ड फण्ड २ को पनि सूचीकृत शेयरमा लगानी घटेको छ । चैत मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ८१ करोड ३३ लाख लगानी गरेकोमा वैशाख मसान्तमा रू. ७८ करोड १२ लाख थियो । यस फण्डको न्याभ वैशाख मसान्तसम्म ९ रुपैयाँ ४४ पैसा कायम भएको छ । चैत मसान्तमा भने फण्डको न्याभ ९ रुपैयाँ ८२ पैसा थियो । 

नबिल फ्लेक्सी क्याप फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. १७ करोड ७७ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. १८ करोड २० लाख थियो । त्यस्तै यस फण्डको न्याभ चैत मसान्तमा ९ रुपैयाँ ६३ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ ३७ पैसा कायम भएको छ । 
नबिल ब्यालेन्स्ड फण्ड ३ ले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ६६ करोड ५१ लाख  लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ६५ करोड ४६ लाख गरेको हो । त्यस्तै यस फण्डको न्याभ चैत मसान्तसम्म ८ रुपैयाँ ४४ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रुपैयाँ १६ पैसा कायम भएको छ । 

नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 
नबिल ब्यालेन्स्ड फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 
नबिल ब्यालेन्स्ड फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 
नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)