ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर विक्रीमा,सर्वसाधारणले समेत आवेदन दिन पाउने 

२०८० जेठ, ११  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्रै संस्थापक शेयर खरीद गर्न ३५ दिने सूचना जारी गरेको थियो ।

सो अवधिमा आंशिक रूपमा संस्थापक शेयर खरीदका लागि मात्रै आवेदन परेकाले अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक शेयर विक्री खुला गरेको हो । इच्छुक लगानीर्ताले १५ दिनभित्र संस्थापक शेयर खरीदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

बिक्री गर्ने संस्थापक शेयरधनी नाम र विक्री मूल्यका सम्बन्धमा काठमाडौंको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयस्थित कम्पनी सचिवको कार्यालय सम्पर्क गर्न सकिनेछ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)