ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लगानीकर्ताहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बुझाए ज्ञापनपत्र

२०८० जेठ, ११  
लगानी समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शेयर लगानीकर्ताहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बिहीवार नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित अन्य लगानीकर्ताहरूले देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले देउवालाई हालको पूँजी बजारको स्थितिबारे अवगत गराउँदै आगामी दिनमा हुनुपर्ने सुधारका पाटाहरू औँल्याएका छन् । सोही क्रममा लगानीकर्ताका तीन ओटा संगठनले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित अन्य सबै कुरा समेटिएको ज्ञापनपत्र बुझाएका छन् । पत्रमा प्रमुख मागमा खुला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया ढिलासुस्ती नगरी कार्यान्वयन गर्न अनुरोध गरिएको छ । 

यस्तै शेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।

त्यस्तै अल्पकालीन लगानीकर्तालाई  ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग पनि रहेको छ । लगानीकर्ताहरूले पत्रमा बैंक ब्याजदरलाई पुनरवलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था तत्काल मिलाइदिन पनि अनुरोध गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)