ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आँखासँगै कान उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सघं  

२०८० जेठ, ११  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । नेपाल नेत्रज्योति संंघ दाङले लमहीमा आँखासँगै कान उपचार सेवा सञ्चालन गर्ने भएको छ । लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संंघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए ।

लमही नगरपालिका–५ रातोडाँडास्थित नगरविकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी उपचार सेवा प्रदान गरिने उनलेले जानकारी दिए । उनले भने, 'कान उपचार सेवा सञ्चालनमा लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ ।'  

चालु आर्थिक वर्षमा लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको निःशुल्क उपचार सेवामा सहजीकरण गरिरहेका गरेका छन् । 

लमहीका सबै वडामा निःशुल्क आँखा जाँच गरिएको छ । जाँच गरिएका छ सय ५० जनामध्ये चार सय छ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ । बाँकी दुई सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । गढवाको सबै वडामा निःशुल्क आँखा जाँच गर्दा चार सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र तीन सय चार जनाको शल्यक्रिया गरिएको छ । अब एक सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी छ । राजपुर गाउँपालिकामा पाँच सय ५१ र राप्ती गाउँपालिकामा आठ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

लमहीमा नेपाल नेत्रज्योति संंघ आँखा अस्पताल कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही अस्पतालले आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले एक लाख ९५ हजार एक सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी गराएका थिए। उनलेका अनुसार यसमा एक लाख १२ हजार नौ सय ६४ मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी छन् ।

 प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार सात सय पाँच मोतियाबिन्दुका बिरामी छन् । यसपछि क्रमशः कपिलवस्तुमा १४ हजार आठ सय ७१, दाङमा १४ हजार चार सय २७, बाँकेमा १३ हजार पाँच सय ४६, बर्दियामा १० हजार छ सय ४१, नवलपरासीमा आठ हजार तीन सय २२, गुल्मीमा पाँच हजार पाँच सय ९१, पाल्पामा पाँच हजार चार सय ३५, प्यूठानमा पाँच हजार तीन सय ५०, रोल्पामा पाँच हजार दुई सय चार, अर्घाखाँचीमा चार हजार चार सय ५८ र रुकुममा एक हजार दुई सय ९१ मोतियाबिन्दुका बिरामी रहेको जनाइएको छ ।     
     
आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता
यसैबीच छलफल कार्यक्रममा बोल्ने वक्ताले आँखासँगै कानको उपचार गर्ने सवालमा सबै क्षेत्रको सहयोगसँगै साझेदारी आवश्यक रहेकामा जोड दिएका थिए । मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको जनाउँदै उनलेहरुले आँखा उपचार सेवामा स्थानीय तह, संंघसंस्था लगायतको समन्वय र साझेदारीको खाँचो आौंल्याएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्यका दृष्टिले आँखा उपचार सेवा महत्वपूर्ण भएको जनाउँदै आँखा उपचारलाई देउखुरीका चारवटै पालिकाले प्राथमिकतामा राख्नुपर्छ भने । उनले भने, 'यसका लागि ती चारवटै पालिका र नेत्रज्योति संंघकाबीचमा सहकार्य र सम्झौता हुन आवश्यक छ ।' उनलेले स्थानीय तहले गरिब तथा विपन्न नागरिकलाई देउखुरीमा सहजै आँखा उपचार सेवा दिने गरी लाग्नुपर्ने जनाउँदै यसका लागि आफूलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 कार्यक्रममा लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले आफ्नो पहिलो प्राथमिकता नै जनताको सेवा भएको र जनताको सेवाका लागि आफू जहिले पनि सकारात्मक रहेको बताउनुभयो । जनताको सेवाका लागि आफूले काम गर्दै आएको र आँखा उपचारसँगै कानसम्बन्धी उपचार गर्ने अस्पताल निर्माणका लागिसमेत सहयोग गर्न तयार रहेको उनलेले जानकारी दिए ।

 गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा अस्पतालका रूपमा विस्तार गर्नुपर्ने बताउनुभयो । उनलेले बिरामीलाई टाढा जानै नपर्ने गरेर लमही, तुलसीपुर र बहादुरगञ्जबाटै सेवा पाउने गरी सेवा प्रवाह गरिनुपर्छ भने । साथै कार्यक्रममा कोइलावा आँखा अस्पतालको गुरुयोजना, पुनःस्थापन कार्यक्रमलगायतका बारेमा जानकारी गराइएको थियो ।

 नेपाल नेत्रज्योति संंघ दाङका कार्यसमिति सदस्य रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदी, गढवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष लेखबहादुर थापा, राजपुर गाउँपालिका वडा नं २ का ओमप्रकाश यादवलगायत लमही अँखा अस्पताको विकास र विस्तारमा सहयोग गर्ने बताएका थिए। रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)