ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौन्दर्य सामग्री निर्माता जापानी कम्पनी रोहतो मेन्थोलाटम नेपालले काभ्रेमा गर्‍यो वृक्षरोपण

२०८० जेठ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

बनेपा । नेपालमा उच्च गुणस्तरको कस्मेटिक र छाला हेरचाह उत्पादनहरू उत्पादन तथा विक्री गर्दै आएको जापानी सहायक कम्पनी रोहतो मेन्थोलाटम नेपालले वातावरण,सामाजिक र स्वास्थ्य कार्यक्रम ESH को रूपमा बागमती प्रदेशको बनेपा, काभ्रेमा रहेको सामुदायिक वनमा सयौं रुख रोपेको छ । 

यो कार्यक्रम कम्पनीको दिगोपनप्रतिको समर्पण र हरियो भविष्य सृजना गर्ने लक्ष्यको प्रमाण भएको र यसले वातावरणमा सकारात्मक प्रभाव पार्ने मेन्थोलाटम नेपालले जनाएको छ। 

उक्त कार्यक्रम स्थानीय बासिन्दा र रोहटोका टोलीका सदस्यहरूसहित कम्पनीका अध्यक्ष हिरोफुमी शिरमास्तु, प्रबन्ध निर्देशक सुनसुके सिनोडा, बोर्ड सदस्यहरू र  बनेपा नगरपालिका वडा नं. १३ र १४ स्थानीय प्रतिनिधिको उपस्थितिमा भएको थियो ।  

'Environment, Social and Health' मारोहतो मेन्थोलाटम नेपालले वन फँडानीविरुद्ध लड्न र जलवायु परिवर्तनका प्रभावहरूलाई  न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको जोड दिँदै आएको छ ।  

वातावरणीय दिगोपन एक सामूहिक जिम्मेवारी भएको भन्दै  वृक्षरोपण गर्नु आफ्नो जिम्मेवारी भएकले त्यसलाई पूरा गर्ने दिशामा यो प्रयास एक कदम हो भन्ने विश्वास लिएको कम्पनीले जनाएको छ । 

रुख रोपेर, कम्पनीले पारिस्थितिकी प्रणालीहरू वृद्धि गर्ने, प्राकृतिक बासस्थान पुनःस्थापना गर्ने, जलवायु परिवर्तनसँग लड्ने र स्थानीय समुदायहरूलाई दीर्घकालीन फाइदाहरू प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ।

रोहतो मेन्थोलाटम नेपाल, एक बहुराष्ट्रिय कम्पनी हो, आधिकारिक रूपमा नेपालमा सन् २०१८ मा स्थापना भएको रोहतो फार्मास्युटिकल कम्पनी लिमिटेड, ओसाका, जापानको सहायक कम्पनी हो। रोहतो मेन्थोलाटम नेपालमा उच्च गुणस्तरको कस्मेटिक र छाला हेरचाह उत्पादनहरूको लागि प्रख्यात छ। नवीनतामा ध्यान केन्द्रित गरेर Rohto Mentholatum नेपालले प्रभावकारी र पर्यावरण मैत्री सौन्दर्य समाधान प्रदान गर्ने लक्ष्य राखेको छ। 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)