ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षमा गर्‍यो १५१ किलोमिटर सडक कालोपत्र

२०८० जेठ, ११  
समाचार कोशी प्रदेश
Jagdamba Supershine Image Not Found
सांकेतिक तस्वीर

झापा । भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा १५१ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा उक्त सडक कालोपत्र गरेको जनाएको हो ।

कालोपत्र भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्छ । जिल्लाका विभिन्न स्थानमा ६ देखि ३० किमिसम्म सडक कालोपत्र भएको कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले बताए । उनले प्रदेश सरकारले बनाएका योजनाअन्तर्गत बजेट निकासी हुन नसक्दा थप सडक कालोपत्र हुन नसकेको बताए ।

‘जिल्लामा थुप्रै योजना अधुरा छन्,’ उनले भने, ‘बजेट अभावले भने जस्तो काम हुन सकेको छैन ।’ प्रमुख श्रेष्ठका अनुसार दर्जनौं सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्र भइरहेका छन् । 

उनले आधा दर्जनभन्दा बढी सडकको निर्माण सम्पन्न भए पनि ठेकेदारलाई बजेट भुक्तानी गर्न नसकिएको जानकारी दिए । हालै कालोपत्र भएका धुलाबारी-ज्यामिरगढी-भन्द्रपुर, सतासीधाम झिलझिले, दुर्गापुर दानाबारीदेखि इलाम जाने सडक, दमक-५ बुद्धचोकदेखि ढकुरपानी शान्तिचोक हुँदै महेशचोक मोरङ सडक, सुखानी दानाबारी चिसापानी राजदुवाली सडक, अमरपथ कनकाई-तीन सुरुंगादेखि बोर्डरसम्मको सडकको भुक्तानी गर्न नसकिएको प्रमुख श्रेष्ठले बताए ।

बजेट अभावका कारण ठेकेदारलाई भुक्तानी गर्न नसकिएको उनको भनाइ थियो । प्रमुख श्रेष्ठले भने, ‘हामीसँग योजना छ, दक्षजनशक्ति पनि छ तर पर्याप्त बजेट छैन ।’ 

गाउँका अधिकांश धुलाम्मे सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी छन् । सडक कालोपत्र भएपछि वर्षौंदेखिको धुलो र हिलोबाट मुक्ति मिलेको स्थानीय रोशन न्यौपानेले बताए । सडक कालोपत्रसँगै ग्रामीण क्षेत्रका विद्यार्थी, कर्मचारी र किसानलाई समेत आवतजावतमा सजिलो भएको छ ।

सोही अवधिमा इलाम र झापामा १० मोटोरेबल पुल, १३ झोलुंगे पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका इञ्जिनीयर अमृतकुमार दाहालले बताए । उनले दुवै जिल्लाका विभिन्न खोलामा ३२ देखि १२० मिटरसम्म लम्बाइ भएका झोलुंगे पुल बनाएको बताए । 

इलामका रतुवामाई, शिवा, झुत्रेमा छ र झापाका देउनिया, हडिया, अदुवालगायत पाँच खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भइसकेको दाहालले बताए । उनका अनुसार जिल्लामा आठ मोटरेबल पुल निर्माण भएका छन् भने इलाममा दुइटा मात्र निर्माण भएका छन् । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)