ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आईपीओ निष्कासन गर्दै फोनपे पेमेन्ट सर्भिस, पूर्वतयारीका लागि एनएमबि क्यापिटल नियुक्त

२०८० जेठ, ११  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ जारी गर्न तयारी शुरू गरेको छ । त्यसका लागि फोनपेले एनएमबि क्यापिटलसँग सम्झौता गरेको हो । एनएमबि क्यापिटलले फोनपेलाई आफ्नो विज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

यो सम्झौतासँगै एनएमबि क्यापिटलले फोनपेलाई आईपीओ जारी गर्न आवश्यक पूर्वतयारीका लागि सघाउनेछ । पूर्वतयारीको काम सकिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि मात्रै फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्नेछ । फोनपे आईपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी बन्नेछ ।

सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबिसँगको सम्झौताले आईपीओ निष्कासन गर्न सहज हुने बताए ।
हामीले साधारण शेयर जारी गर्ने मात्रभन्दा पनि प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरूलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौं ।

यसलाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदर्शन गर्नका लागि एनएमबि क्यापिटलसँग सहकार्य गर्न लागेका हौं,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘फोनपे सर्वसाधारण जनताको सेवामा समर्पित छ । यो सम्झौताले हाम्रा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने दृष्टिकोणलाई थप बल पुग्नेछ ।’

फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ ।

फोनपे नेटवर्कमा ५८ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्य छन् । यसमा १ करोड ८० लाखभन्दा बढी सेवाग्राही र १२ लाखभन्दा बढी मर्चेन्टहरू आबद्ध छन् । यसले दैनिक रू. ७ अर्बभन्दा बढीको नगदरहित कारोबारलाई सहजीकरण गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)