ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बेलायतमा विदेशी विद्यार्थीले डिपेन्डेन्ट भिसामा परिवार ल्याउन रोक, वर्क रुट परिवर्तन गर्न पनि नपाइने

२०८० जेठ, ११  
समाचार शिक्षा अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  बेलायतको अध्यागमनले विदेशी  विद्यार्थीहरुलाई साथमा परिवार ल्याउनमा रोक लगाएको छ । 

अब देखि बेलायतमा पढाइ सकेर अनुसन्धान कार्यक्रममा रहेकाहरुले मात्रै साथमा छोराछोरी, मातापिता र आश्रितहरु आदि परिवारका सदस्यलाई ल्याउन पाउनेछन् । अनुसन्धान बाहेकका विषयमा ग्रयाजुएट गरेकाहरुले भने परिवारका सदस्यलाई ल्याउन पाउने छैनन् । 

अध्यागमन नियन्त्रण कानून अन्तरगत बेलायतले यस्तो नियम ल्याएको हो । मंगलबार बेलायत सरकारले अध्यागमनमा कडाई गर्ने नयाँ कानूनको घोषणा गरेको थियो । बेलायतमा अब विदेशी विद्यार्थीहरुले पढाई पूरा नभएसम्म विद्यार्थी भिसामा भएको बेलामा वर्क रुट पनि परिवर्तन गर्न नपाउने भएका छन् । 

शिक्षाको नाममा आप्रवासन बेच्ने दलालहरुमाथि कडाई गर्न बेलायतले यो कदम चालेको हो । हालैका वर्षहरुमा बेलायतमा विद्यार्थी भिसामा आश्रित भएर जानेको संखया बढेको थियो । सन् २०२२ भर झन्डै १ लाख ३६ हजार भिसा विद्यार्थी भिसाका आश्रितहरुलाई दिइएको थियो । यो सन् २०१९ को तुलनामा आठ गुणा भन्दा धेरै  थियो । 

सन् २०१९ मा यसको संख्या १६ हजार मात्रै थियो । नयाँ कठोर नियमहरु सकेसम्म छिटै लागू हुने आशा गरिएको छ । यसबारे सरकारले शिक्षा क्षेत्र र प्रमुख सरोकारवालाहरुसँग परामर्श भने गर्न बाँकी छ । नेपालबाट पनि बेलायत विद्यार्थी भिसामा जानेको संख्या धेरै छ ।

एक जना विद्यार्थी भिसामा भएको बेलामा काम गर्न र खर्च बर्च जुटाउन भनेर आश्रित भिसामा जाने प्रवृत्ति उच्च छ । बेलायतले नियममा गरेको यस परिवर्तनले नेपाली विद्यार्थीहरु पनि प्रभावित हुनेछन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)