ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एसएमई र दिगो आर्थिक वृद्धि विषयक छलफल

२०८० जेठ, १२  
समाचार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं  । स्वीस कन्ट्याक्टले बिहीवार काठमाडौंमा साना तथा मझौला उद्यम (एसएमई) र दिगो आर्थिक वृद्धिको विषयमा छलफल आयोजना गरेको छ । नेपालमा एसएमईको अवस्थाबारे अन्तरदृष्टि प्रदान गर्ने उद्देश्यले उक्त छलफल आयोजना गरिएको हो । 

चेवन राई मध्यस्थकर्ता रहेको उक्त कार्यक्रममा ठूलो डटकमकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुरक्षा अधिकारी, कोक्रोमाकी संस्थापक रेवती गुरुङ, अध्यन्ताका सहसंस्थापक मनोज पौडेल, प्रविधि उद्यमी प्रिन्सी कोइराला र स्वीस कन्ट्याक्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. फिलिप श्नोइली वक्ताका रूपमा रहेका थिए ।

कार्यक्रममा एसएमईका लागि समावेशी व्यापार मोडेल, वित्तीय साधन, उत्पादनको बजारीकरण, विकास निकायको भूमिका, उद्यम शुरू गर्दाका जोखिम लगायत विषयमा छलफल भएको थियो । सन् १९५९ मा स्थापित स्वीस कन्ट्याक्टले नेपालमा सन् १९९१ देखि विकासका विभिन्न परियोजनामा निजीक्षेत्रहरूसँग सहकार्य गर्दै आएको छ । संस्थाले हाल नेपालमा समावेशी आर्थिकप्रवर्द्धन गर्ने ६ ओटा परियोजना सञ्चालन गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)