ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दुई दिनमा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

२०८० जेठ, १२  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा शुक्रवार पनि सुनको (Gold) मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन अर्थात बिहीवार सुन १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आज चाँदीको (Silver) मूल्य पनि घटेको छ । महासघंका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज एक अमेरिकी डलरको (Dollar) विक्रीदर १३२ रूपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३२ रूपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)