ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेशनल माइक्रोफाइनान्स लघुवित्त र समटि लघुवित्तको मर्जरका लागि शेयर स्वाप रेशियो निर्धारण

२०८० जेठ, १२  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था बीचको मर्जरका लागि शेयर स्वाप रेसियो निर्धारण गरिएको छ । 
दुवै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिस बमोजिम शेयर स्वाप रेसियो निर्धारण गरिएको हो । जसअनुसार नेशनल माइक्रोफाइनान्स  लघुवित्त र समिट लघुवित्तबीच १ः०.७३ शेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय संयुक्त मर्जर समितिले निर्णय गरेको छ । 
संयुक्त सञ्चालक समितिको बिहीबार (जेठ ११ गते) बसेको बैठकले उक्त शेयर स्वाप रेसियोमा यी दुवै कम्पनी मर्जर हुने निर्णय गरेको छ । नेशनल माइक्रोफाइनान्सको १०० कित्ता शेयर बराबर समिट लघुवित्तको ७३ कित्ता शेयर कायम हुनेछ । यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)