ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मार्भल पाइपको वार्षिक ब्यापार २ अर्ब भन्दा बढी, लगातार ४ वर्षदेखि अर्ब माथिको कारोबार

२०८० जेठ, १२  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । मार्भल ब्राण्डको पाइप तथा फिटिङ्स उत्पादन गर्ने मार्भल टेक्नोप्लास्टले एकैवर्ष २ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।

रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२२ मा २ अर्ब ४ करोड सञ्चालन नाफा गरेको छ । कम्पनीले वित्तीय वर्ष २०२१ मा १ अर्ब ६१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

पछिल्लो ४ वर्षदेखि कम्पनीले कम्तिमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ । २०१९ मा १ अर्ब २६ करोडको कारोबार गरेको कम्पनीले २०२० को कोभिड महामारीमा समेत १ अर्ब  ९ करोड रुपैयाँको ब्यापार गरेको थियो ।

कम्पनीले मार्भल ब्राण्ड अन्तर्गत पीभीसी, सीपीभीसी र एचडीपीइ पाइप उत्पादन गर्दै आएको छ ।

कम्पनीले ९० करोड रुपैयाँको कर्जाका रेटिङ गराएको छ । इक्राले कम्पनीको २४ करोड ७० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एल ट्रिपल बी र ६५ करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जाका एनपी एथ्री प्लस रेटिङ पुन:पुष्टि गरेको छ ।

सन् २०११ बाट सञ्चालनमा आएको मार्भल टेक्नोप्लास्टमा चारजनाको लगानी रहेको छ । कम्पनीमा आशा अग्रवालको ५८ प्रतिशत र सन्दिपकुमार सन्चितीको ४० प्रतिशत लगानी रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)