ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतमा गहुँको उत्पादनले कीर्तिमानी उचाइ छुने ! निर्यात प्रतिबन्ध यथावत् रहने 

२०८० जेठ, १२  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । यो वर्ष भारत (India)को गहुँ (Wheat) उत्पादनले नयाँ उचाई छुने अनुमान गरिएको छ । चालु बाली वर्ष अर्थात् जुलाईदेखि जुनको अवधिमा भारतमा ११ करोड २७ लाख ४० हजार टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ ।

समग्रमा भने अन्नको उत्पादन ३३ करोड ५ लाख ३० हजार टनको नयाँ उचाइ छुने कृषि मन्त्रालयले बताएको छ । चालु वर्षमा ११ करोड २० लाख टन गहुँ उत्पादन गर्ने लक्ष्य सरकारको थियो । यो वर्ष उत्पादन सरकारी लक्ष्यलाई समेत उछिन्ने देखिएको छ । 

अघिल्लो बाली वर्षमा भने मुख्य गहुँ उत्पादक राज्यहरूमा लुका कारण १० करोड ७७ लाख ४० हजार टन मात्रै गहुँ उत्पादन भएको थियो । घरेलु स्तरमा गहुँको आपूर्ति कम हुन नदिने भारतले गएको वर्ष गहुँको निर्यात (Export)मा बन्देज लगाएको थियो ।

अहिले पनि सो प्रतिबन्ध हटेको छैन । गहुँको उत्पादनले नयाँ उचाइ छुने अनुमान आइरहँदा प्रतिबन्ध नफुकाइने केन्द्र सरकारले हालै मात्रै स्पष्ट पारेको थियो । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)