ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतमा १५ प्रतिशतसम्म बढ्यो दूधको भाउ, ६ महीनायता देखिएन घट्ने छाँट !

२०८० जेठ, १२  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । भारतमा दूधको मूल्य वृद्धिको दबाब बढिरहेको छ । गाईबस्तुलाई खुवाउने दानाको भाउमा भएको वृद्धिका कारण दूधको मूल्यमा दबाब सृजना भइरहेको छ । गर्मीको सिजनमा आइसक्रिमका लागि दूधको माग बढेको अनि संक्रामक रोगका कारण गाईबस्तु मरिरहेकाले मूल्य बढेको हो । आगामी ५/६ महीनासम्म पनि यो स्थिति सुध्रिने छाँट नदेखिएको जानकार बताउँछन् ।  

गएको १५ महीनामा दूध र दूधजन्य वस्तुको भाउ १४ देखि १५ प्रतिशतसम्म बढेको भारतको शीर्ष डेरी कम्पनी गुजरात कर्पोरेटिभ मिल्क मार्केटिङ फाउन्डेशनका पूर्वप्रबन्ध निर्देशक आरएस सोधीले बताए । भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक देश हो । विश्वभर उत्पादन हुने कुल दूधमध्ये २२ प्रतिशत दूध भारतमै उत्पादन हुन्छ । 

भारतपछि अमेरिका, चीन, पाकिस्तान र ब्राजिल क्रमशः दोस्रोदेखि  पाँचौं शीर्ष दूध उत्पादक देश हुन् । खाद्य कमोडिटीको मूल्यसम्बन्धी डेटाबेस प्रदायक मिनटेकले दिएको डेटाका अनुसार भारतमा सन् २०२१ को नोभेम्बरदेखि यही वर्षको शुरुको बीचमा दूधको भाउ प्रतिलिटर ४३ रुपयाबाट बढेर ५३ रुपयामा उक्लियो ।भारतमा विश्वमै सबैभन्दा धेरै दूध खपत हुन्छ । 

भारतमा हरेक घरपरिवारमा दूध खपत हुन्छ । प्रतिव्यक्ति दूध खपत दैनिक ४४० ग्राम आसपास छ । भारतीयहरूले दिनको शुरुआत नै दूध पिएर गर्छन् । चिया, कफीको रुपमा दूधको खपत हुन्छ । दूधबाट अनेकौं परिकार बनाइन्छ । अहिले दूधको माग उच्च हुने बेलामा वस्तु भाउको दानाको भाउ अकासिएपछि सोको सिधै असर दूधको भाउमा देखिएको हो ।

रुसले गएको वर्षको शुरुमा युक्रेनमा आक्रमण गरेयता आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएर विश्व बजारमा मकै, गहुँ, धान, जौंलगायत अन्नको भाउ बढ्यो । गाईबस्तुको दाना यही अन्न राखेर बनाइन्छ । दानाको भाउ बढिरहेको समयमा परिवहन, भन्डारण र इन्धनको भाउ भएको  वृद्धिले पनि भाउमा दबाब दियो ।

उत्पादन लदागत बढ्नुअघि नै कोरोना भाइरसको महामारी र गाईबस्तुमा ज्यानै जाने छालाको रोगका कारण डेरी उद्योग समस्यामा थियो । गएको वर्ष छालामा बिबिरा आउने रोगका कारण भारतमा ३ लाखभन्दा धेरै बस्तुभाउ मरेका थिए । गर्मीका महीनाहरूमा आइसक्रिम लगायतका वस्तुको माग बढ्ने भएकोले दूधको भाउ नोभेम्बरपछि मात्रै घट्ने अनुमान गरिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)