ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी बैंकको करीब १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा 

२०८० जेठ, १२  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक (Kumari Bank Limited) (साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर (Promoter Share) जेठ १२ गतेदेखि विक्रीमा आएको छ । 

बैंकले प्रतिशेयर रू. ११० अंकित मूल्यमा उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरू र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यो शेयर खरीदका लागि जेठ १९ गते अपराह्न १ बजेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तासम्म अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न गर्दै बोलकबोल गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २१ गते बिहान ११ बजे खोलिने कार्यक्रम रहेको छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड (Sunrise Capital Limited) रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)