ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अजोड र युनाइटेड इन्स्योरेन्सको शेयर कारोबार रोक्का 

२०८० जेठ, १२  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अजोड इन्स्योरेन्स लिमिटेड (Ajod Insurance Limited) र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (United Insurance Company Limited)को शेयर कारोबार रोक्का गरेको छ । नेप्से (Nepse)ले जेठ १४ गतेदेखि लागू हुने गरी मर्जर (Merger) प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने निर्णय गरेको हो ।

मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाबमोजिम एकीकृत कारोबार शुरु भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ । यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी जेठ १४ गतेदेखि एकीकृत कारोबार शुरू गर्दैछन् । गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । अन्तिम सम्झौताअनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । 

शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार र अजोड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)