ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

फिनल्यान्डमा जलविद्युत उत्पादन बढ्दा माइनसमा गयो बिजुलीको भाउ, नेपालमा भए के हुन्थ्यो ?

२०८० जेठ, १३  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । बुधवार फिनल्यान्डमा अचम्मको समस्या देखा पर्यो । जलविद्युत्को उत्पादन यति धेरै भयो कि बिजुलीको भाउ नै माइनसमा गयो । 

अहिले सारा यूरोपभर चरम ऊर्जा संकट छ । तर बुधवार मध्यान्ह फिनल्यान्डमा भने बिजुलीको भाउ माइनसमा झर्याे । उक्त दिन बिजुलीको औसत भाउ शून्य भन्दा थोरै तल भएको त्यहाँको ग्रिड सञ्चालक कम्पनी फिनग्रिडकी प्रमुख कार्यकारी अधिकारी जुक्का रुसुनेननले सरकारी टिभी च्यानलमा भनेकी थिइन् । 

तर यसो भन्दैमा व्यवहारमा कम्पनीले स्थानीय बासिन्दाहरुलाई आफूले निकालेको बिजुली चलाएबापत पैसा नै चाँहि तिरेनन् । नवीकरणीय ऊर्जाको उत्पादन माग भन्दा पनि धेरै भएपछि सो स्थिति उत्पन्न भएको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि यूरोपेली देशहरुले ऊर्जा संकट आउन नदिन बिजुलीको खपत कम गर्ने उपायहरु लागू गरेका थिए । 

सो देशको सूचिमा फिनल्यान्ड पनि थियो । तर अहिले बिजुली निकै उब्रिएको रुसुनेन भन्छन् । केही महीना अघिसम्म बिजुलीको मामिलामा फिनल्यान्ड गरीब थियो । सरकारले सर्वसाधारणहरुलाई मितव्ययी भएर बिजुली चलाउन भन्नु पर्ने अवस्था थियो । गएको गर्मी महीनामा हरेकको गुनासो बिजुलीको अभाव थियो । 

अवस्था झन झन खस्किने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त थियो । छिमेकी देश रुसबाट इन्धनको आयातमा प्रतिबन्ध लगाएपछि ऊर्जा संकट देखियो । स्थिति साम्य पार्न अप्रिलमा प्रमाणु रियाक्टर चलाउन थालियो । ओकिलुओतु-३ यूरोपमा १५ वर्षमा खुल्ने पहिलो परमाणु रियाक्टर बन्यो । 

यसले फिनल्यान्डको बिजुलीको भाउ ७५ प्रतिशत घटाइदियो । डिसेम्बरमा प्रतिमेगावाट घन्टा २४५ यूरो ९८ सेन्ट रहेको बिजुलीको भाउ अप्रिलमा घटेर ६० यूरो ५५ सेन्टमा झर्यो । सन् २०३५ सम्ममा फिनल्यान्डले कार्बन तटस्थ बन्ने लक्ष्य लिएको छ । 

यसका लागि नवीकरणीय ऊर्जाको उत्पादन धमाधम बढाइरहेको छ । अहिले बिजुलीको मुख्य स्रोत जलविद्युत् हो । सन् २०२७ सम्ममा वायु ऊर्जालाई बिजुलीको मुख्य स्रोत बनाउने सरकारको चाहना छ । 

बिजुलीको भाउ यसैगरी माइनसमै रहिरह्यो, उत्पादन लागत भन्दा पनि कम मूल्यमा बिजुली बेच्नु पर्ने अवस्था रहिरह्यो भने बिजुली कम्पनीहरु सामान्य तरिकाले चल्न सक्ने छैनन् । जलविद्युतको उत्पादन अहिले सुस्त पारेर वा बन्द गरेर राख्छु भन्न मिल्दैन  ।

नेपालमा भने विद्युत प्राधिकरणले उत्पादक कम्पनीहरुसँग सम्झौता गरेभन्दा बढी विद्युत खरीद नै गर्दैन । बरु विद्युत बढी उत्पादन हुने समयमा आयोजना नै बन्द गरेर राख्ने गरेको पाइन्छ । यसकारण नेपालमा उपभोक्ताले सधैं भरी एउटै मूल्यमा विद्युत किन्नुपर्ने बाध्यता रहेको छ । वर्षामा उत्पादन बढी हुँदा सबैलाई सस्तोमा विद्युत किन नबेच्ने ?

एजेन्सीको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)